श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न फोनिज भोजपुरको माग

भोजपुर । सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भोजपुरले माग गरेको छ । मंगलवार देशभरसंगै (फोनिज) भोजपुर शाखाले पनि नेपाल पत्रकार महासंघ मार्फत ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेको हो ।

फोनिजले तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ नै रहेको दाबी गरेको छ । श्रेष्ठलाई महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासंघका सबै समिति मार्फत माग गरिए स्मरण गर्दै गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न आग्रह गरेको छ ।

सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासंघ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासंघको नीति विरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको ज्ञापन पत्रमा उल्लेख छ । ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महाससंघको संस्थापक अध्यक्ष कायम गर्न माग गरेको फोनिज भोजपुरकी अध्यक्ष शारदा तामाङले बताइन । यदि फोनिजको मागलाई बेवास्ता गरे अनिश्चितकालीन तालाबन्दी गरिने फोनिजले चेतावनी समेत दिएको छ ।

(फोनिज) नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरमा वुझाएको ज्ञापन पत्र इमेल मार्फत नेपाल पत्रकार महासंघ केन्द्य्रिय कार्यालयमा तत्काल पठाउने नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरका अध्यक्ष एक्सन राईले बताए । (फोनिज) ले मंगलबार नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राई र सचिव अर्जुन बस्नेतलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार