टेम्केमैयुङ गाउँपालिमा दुग्ध उत्पादन बढाउन अगुवा कृषकलाई पोशिले घास व्यवस्थापनका लागि ७ दिने तालिम सुरु

भोजपुर । टेम्केमैयुङ गाउँपालिको वडा नंं. २ छिनामखुमा ७ दिने घाँस व्यावस्थापन तालिम सुरु भएको छ । टेम्केमैयुङ गाउँपालिकाको वित्तिय सहयोगमा उद्यमशिल कृषि सहकारी संस्थाको आयोजनामा फागुन २२ गते समापन गर्ने गरी ७ दिने तालिमको बुधवार टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले उद्घाटन गरेका हुन् । तालिम उद्घाटन गर्दै अध्यक्ष बस्नेतले टेम्केमैयुङ् गाउँपालिकाले कृषि पशुपालन र पर्यटनलाई प्रथामिक्तामा राखेर काम गरिरहेको बताएका छन् ।

समृद्धि भनेको सडक पुलपुलेसो, खाने पानी विद्युत विस्तार र पुवर्धार निमार्ण मात्र ठान्दछौ तर अहिलेको अवस्थामा यी कुरा संगै उत्पादन र रोजगारीले समृद्धि ल्याउने भएकाले उत्पादन र रोजगारीलाई समेत संगसंगै लानु पर्ने अध्यक्ष बस्नेतले बताए । पालिका यस्तो अवस्थामा पालिका उत्पादन र रोजगारीसंग जोडिएन भने समृद्ध नहुने उनको उनले बताए । उनले भने पालिकामा डेरी संचालनका लागि आवश्यक प्रकृयाहरु अगाडी बढेको र दुध उत्पादनका लागि गाई भैसीलाई खुवाउने पोशिलो घास नभएका कारण भनेवति दुध उत्पादन गर्न नसकेको बताउदै यस तालिमले पोषिलो घास नर्षरीबाट व्यावस्थापन गरी दुध उत्पादनमा सहयोग पुग्ने विश्वास गरेका छन् ।

यस्तै वाझिएर वसेको जमिनलाई घास उत्पादनको लागि मात्र पनि प्रयोग गर्न सकियो भने त्यसले पशुपालन संगै दुग्ध उत्पादनमा ठुलो टेवा पुग्ने बताउदै पराम्परागत कृषि प्रणालीलाई छाड्दै आधुनिक प्रणलीबाट व्यवसायिक कृषि उत्पादनलाई वृद्धि गर्नु पर्ने टेम्केमैयुङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष वादचन्द्र राईले बताए ।

गाउँमा पौरानीक तरीकाले पशुपालन गरिरहेको र समय अनसार घासको व्यावस्थापन मिलाउन नसक्दा भने जती उत्पादन लिन नसकिएको कारण यो तालिम ओजना गरिएको उद्यमशिल कृषि सहकारी संस्थाका अध्यक्ष विदेन राईले बताए ।

ग्रामिण भेगका कृषकहरुले स्थानीय सतरमा रहेका रैथाने घास प्रयोग गर्दे आएको र समय अनुसार पोसिलो घासको प्रयोग नगरेको हुदा त्यसलाई परिमाजर्न गरी पोशिलो घास रोपन गरी घास व्यावस्थापन गर्ने तरिका तालिमा सिकाईने कृषि विशेषज्ञ सुरेश प्रसाद रेग्मीले बताए । उनले वहुवर्षिय पोशिलो जातका घासका एक लाख विरुवा नर्षरीमा उत्पादन गरिने बताए । तालिममा पालिकाको ९ वटै वडाबाट छनोट गरेर पठाएको ३५ जना अगुवा कृषकहरुलाई तालिम प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार