भोजपुरमा दादुरा रुवेलको खोप अभियान आजबाट सुरु २८ गते सम्म लगाईने

भोजपुर । देश भरी फागुन १३ बाट सुरु भएको दादुरा रुवेला बिरुद्धको खोप अभियान भोजपुरमा पनि आज (विहिवार) बाट सूरु भएको छ ।जिल्ला भरी आजबाट खोप अभियानको औपचारिक उद्घाटन भएको छ भने भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा रहेको खेप केन्द्रमा भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले खोप हस्ताणतरण गरी ५ दिने खोप अभियान उद्घाटन गरेका छन् ।

खोप अभियानलाई उद्घाटन गर्दै मेयर आलेले स्वास्थ्य र शिक्षा निशुल्क प्रदान गर्नु पर्ने राज्यको कर्तव्य रहेको बताएका छन् । स्वास्थ्य र शिक्षा निशुल्क प्रदान गर्नु पर्ने एैन नियममा भए पनि व्याभारिक पक्षमा निशुल्क प्रदान गर्न नसकेको बताउदै स्थानीय तह आएपछि स्थानीय तहले निकै सुधार गर्दै आएको बताए । उनले यस खोप अभियानमा कुनै बाबालिकाहरुलाई नछुटाई खोप लगाउन आग्रह गरेका छन् ।

यस्तै जिल्ला प्रशासज कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद साप्कोटाले खोप अभियानमा खटिएका स्वास्थ्यकमीहरुलाई कामको लागी काम नभई लक्षित वालवालिकाहरुलाई नछुटाई खोप लगाउन आग्रह गरेका छन् । उनले छुटेका भए समुदायमा पुन खोजी गरी गरी खोप अभियानलाई सफल बनाउन आग्रह गरे ।

भोजपुरको २ वटा नगरपालिका र ७ वटै गाउँपालिकामा रहेका ९ हजार ९ सय ३७ जना बालबालिकालाई खोप लगाउने उदेश्यका साथ जिल्ला भरी एकै चरणमा खोप सुरु गरिएको स्वास्थ्य कार्यालय भोजपुरका कार्यालय प्रमुख राजु कुमार श्रेष्ठले बताए । खोप अभियानमा ९ महिना देखि पाँच वर्ष मुनीका बालबालिकाहरुलाई खोप लगाइृने प्रमुख श्रेष्ठको भनाई छ ।

सरकारले २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्षका साथ देशै भरी खेप अभियान चलिरहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । खोप सुरक्षित भएकोले ढुक्का भएर लगाउन समेग आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार