बलात्कार तथा अन्य हिंसा विरुद्ध महिला रक्षक सञ्जाल भोजपुरले गरायो सरकारको ध्यानाकषर्ण

भोजपुर । किशोरीहरुमाथि भैरहेको बलात्कार तथा अन्य हिंसा विरुद्ध महिला रक्षक सञ्जाल भोजपुरले सरकारको ध्यानाकषर्ण गराएको छ । भोजपुरको जिरो पइन्टबाट ¥याली निकाली वजजा हुदै जिल्ला प्रशासन कार्यालय पुगेर रक्षक सञ्जालको टोलीले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटालाई ध्यानाकार्षण पत्र वुझाउदै सरकारको ध्यानाकषर्ण गराएको हो ।

र्यालीमा विभिन्न हिंसा विरुद्ध लेखिएका प्लेकार्ड बोकेर महिला अधिकारकर्मी तथा किशोरीहरु ध्यानकार्षण पत्र बझाउन जिल्ला प्रशासन पुगेका थिए । ¥यालीमा उनीहरुले मेरो शरिर मेरोे अधिकार, महिलाको शरिर माथिको नियन्त्रण बन्द गर , शालिन पोखरेललाई न्याय दे लगायत नारा लगाएका थिए ।

समाजमा बलात्कार हत्या हिंसा बढदै जादा सामाजिक तथा मानसिक असर बालबालिकाहरुमा पर्दै गएको महिला मानव रक्षक सञ्जाल भोजपुरकी अध्यक्ष लिला तामाङले बताईन । उनले चितवनकी शालिन पोख्रेलको बलात्कार पछिको हत्यालाई ढाकछेप गर्न खोजिएकाले सिडियो मार्फत सत्य तथ्य प्रमाण सहित हत्यारालाई कडा कारबाही गर्न माग गरिएको जानकारी दिए।

यसैबीच प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले यस विषयमा आफु गम्भिर रहेको तथा उक्त ध्यानाकार्षण पत्र तत्काल माथी पठाउने बताएका छन् । कार्यक्रममा जनसेवा आधारभुत बिधालय, सिद्धकाली ईङलिस बोर्डिङ स्कुलका किशोरीहरु, महिला अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार