अपडेट : धरानबाट घोरेटार आउदै गरेको वोलेलो दुर्घटना हुदा ६ जनाको मृत्यू

भोजपुर । धरानबाट घोरेटार आउदै गरेको वोलेरो दुर्घटना हुदा ६ जनाको मृत्यू भएको छ । धरानबाट भोजपुर आउदै गरेको वोलेरो उदयपुरको उदयपुरको बेलका नगरपालिका-७  मैनामैनीमा दुर्घटना हुदा ६ जनाको मृत्यू भएको हो ।

को. १ ज २५९३ नम्बरको उक्त जीप दुर्घटनामा चालक सहित ६ जनाको मृत्यु भएको बताइएको छ । चालक मानबहादुर बस्नेत बाहेक अन्य मृतकको सनाखत भइसकेको छैन ।

१४ जना सवार जीपमा ६ जना मृत्यु भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदीपराज पाठकले जानकारी दिए । जीपमा अधिकांश यात्रु भोजपुरकै आमचोक र हतुवागढी गाउँपालिकाका छन् ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको बताईएको छ । स्थानीयका अनुसार गाडी सडकबाट करिव ८०० मिटर तल भिरमा खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार