भोजपुरमा आगालागी हुदा ३ जनाको मृत्यू पौवादुङमाको केहि स्थानको जंगलमा लागेको आगो नियन्त्रणमा आउन सकेन

भोजपुरको हतुवागडी गाउँपालिका ७ पात्लेपानीमा आगालागी हँुदा एकाघर परिवारको ३ जना वालवालिकाको मृत्यू भएको छ । घरको पालीमा आगालागी हुदा केदार कार्कीको छोरा वर्ष ५ को प्रनिष कार्की, रमेश कार्कीको छोरी वर्ष ७ की दिप्सिका कार्की र निजको भाई वर्ष ३ को दिउनिस कार्की को मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिप राज पाठकले बताए ।

पाठकका अनुसार आमा वुवा छिमेकीका खेतला गएको हुनाले वालवालीकाहरु घरमै खेलेर वसेको अवस्थामा ६ः४५ वजे एक्कासी घरमा आगालागी भएको थाहा पाए पछि कुदेर आउदा आमा आमा भन्ने आवज आएको तर उनीहरुलाई बचाउन नसकेको भनाई छ । पालीमा पराल र खर राखिएको थियो । आगो कसरी लाग्यो भन्ने अहिले सम्म खुल्न सकेको छैन् ।

यस्तै जंगलबाट सुरु भएको आगालागीले भोजपुरको टक्सारमा पाली सहित १० घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । भोजपु्र नगरपालिका १२, टक्सारको मालेबाँसेस्थित जंगलको डढेलो बस्तीमा पस्दा स्थानीयबासिन्दाको घर जलेको हो । शनिबार करिब सवा २ बजेतिर जंगलबाट सल्किएको आगो बस्ती पसेपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको घर पूर्ण रुपले जलेर नष्ट भएको थियो ।

आगालागीबाट मानवीय र पशुचौपायको क्षति नभएपनि क्षतिको पूर्ण विवरण आउन बाँकी छ । घटनास्थलमा भोजपुर नगरपालिकाको बारुण यन्त्र, शसस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो भने नियन्त्रणमा आएको छ । आगालागी पिडित छिमेकीकोमा वसिरहेका छन् ।

यस्तै भोजपुरको पौवादुङमा गाउँपालिकोको सानोदुङमा आगालागी हुदा एक गोठ जलेर नष्ट भएको छ । आगाली भएको धेरै ठाउँमा स्थानीयले आगो नियन्त्रणमा लिएका छन् तर कटहरेको जंगलमा भने अझै आगो नियन्त्रणमा आउन सकेको पौवादुङ्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार