गैरआवसिय नेपाली संघ (NRNA) को आगालागी पिडितलाई २५ बन्डल जस्तापाता सहयोग

भोजपुर । भोजपुर नगरपालिका १२ मालवासेका आगालागी पिडितलाई गैर आवसिय नेपाली संघ (NRNA) ले २५ बन्डल जस्तापाता सहयोग गरेको छ । आगलागिबाट पीडित भएका पाँच घर परिवारलाई (NRNA) ले प्रति परिवार ५, ५ बण्डलका दरले जम्मा २५ बन्डल जस्ता पाता सहयोग गरेको हो । उक्त जस्तापाता शनीवार भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।

जस्तापाता हस्तानतरण गर्दै आगालागिबाट ठुलो क्षती भएको बताउँदै आगाललागी पिडितको चराई रहेको घाउमा मलमपट्टी रुपमा गैर आवासिय नेपाली संघ (NRNA) का नगेन्द्र खत्री, राजेन्द्र राउत लगायतको पहलमा जस्ता पाता प्राप्त भएको मेयर आलेले बताए ।

यस्तै आजै यशोधरा माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुबाट संकलित रकम समेत हस्तानतरण गरिएको छ । यशोधरा माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुको एक दिनको तलव र स्वेछाले विद्यार्थीहरुबाट संकलन गरिएको ५० हजार ७ सय पाँच परिवारलाई दश हजार १ सय ४० का दरले वडाध्यक्ष देवीप्रसाद कार्की र प्रध्यानाध्यापक धुर्वराज रेग्मीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
चैत्र ३ गते भएको आगलागीबाट करिव एक करोड तीन लाख बरावरको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार