भोजपुरमा छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस भोली वाखखोरबाट सुरु भई चखेवामा सम्पन्न हुने

भोजपुर । भोजपुरमा प्रत्येक वर्ष हुदै आएको छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस भोली (सोमवार) वाखखोरबाट सुरु भई चखेवामा सम्पन्न हुने भएको छ ।

टेम्केमैयुङ गाउँपालिकाको मुख्य प्रायोजन तथा रिमाचुङ स्पोर्टस एण्ड एकेडेमीको आयोजनामा ४० किलोमिटर ट्रेल रेस प्रतियोगिता हुने रिमाचुङ स्पोर्टस एण्ड एकेडेमीका अध्यक्ष पावीहाङ राइैले बताए ।

मुन्दुम पदमार्गसहित कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्न जिल्लाको टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा टेम्केमैयुँ गाउँपालिकाको प्रयोजन तथा चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिको आयोजनामा १ गते बाट सुरु भएको कृषि, पर्यटन र सांस्कृतिक महोत्सवको अवसरमा वाखोर देखि सुरु गरी चखेवामा अन्त्य गर्ने गरी रेस आयोजना गरेको अध्यक्ष राईले बताए ।

प्रतियोगितामा १० जिल्लाका खेलाडीहरू खुला पुरुष तर्फ ९९ जना, खुला महिला ३६ जना र ४० बर्ष माथि पुरुष तर्फ १२ जना, महिला तीन जना गरी करिव डेढ सयको सहभागीता रहने आयोजकले जनाएको छ ।

रेसमा महिला तथा पुरुष विद्या तर्फ विजयी, प्रथम रनर अप, दोस्रो रनर अप र चौथो र पाँचौँ हुनेलाई क्रमशः नगद ३५ हजार, २५ हजार, १५ हजार र पाँच हजार प्रदान गरिने छ । यस्ते ४० बर्ष माथि भ्याट्रन महिला, पुरुष विद्या तर्फ विजयी, प्रथम रनर अप र दोस्रो रनर अपलाई क्रमशः १५ हजार, ८ हजार, ५ हजार नगद सहित विजयी सबैलाई प्रमाणपत्र, मेडल र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । रेसको लागि सम्पुर्ण तयारी पुरा भईसकेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार