सातौँ अन्तर्राष्ट्रिय भोजपुर गोल्डकप हुन अव दुई दिन वाँकी

भोजपुर । भोजपुरमा सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता सुरु हुन अव दुई दिन मात्र वाकी रहेको छ । भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टोलीको सहभागिता रहने प्रतियोगितामा पहिलो खेल वैशाख ९ गते दिनको ३ वजेबाट त्रिभुन आर्मी फुटवल ब्लव काठमाडौँ र जर्जीयन फुटवल ब्लव भारत विच पहिले खेल हुने जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लब सहभागी हनेछन् भने प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ गरी आठ टिमले सहभागिता जनाउने अध्यक्ष सुवालले बताए ।

प्रतियोगिता सञ्चालनका लागि ४९ लाख २५ हजार पाँच सय लागत अनुमान गरिएको भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव तुफान किराँतले बताए । जसमा भोजपुर नगरपालिकाले विनियोजन गरेको ३० लाख र बाँकी रकम प्रायोजकहरुबाट सङ्कलन गरिने उनको भनाइ छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकले पुरस्कार पाउनेछन् । प्रतियोगिता वैशाख ९ गतेदेखि १५ गतेसम्म हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार