राजारानी फुटबल क्लव धन्कुटालाई हराउदै खोटाङ सेमीफाईनलमा प्रवेश

भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको दोस्रो खेलमा राजारानी फुटवल क्लब धनकुटालाई हराउदै खोटाङ भगवती क्लव सेमीफाईनलमा प्रवेश गरेको छ ।

खोटाङले एक गोलको विरुद्ध दुई गोल गरेपछि राजारानी फुटबल क्लब धनकुटा पराजित भएको हो । खेल सुरु भएको ५९ औँ मिनेटमा खोटाङका जर्सी नं. ९ का खेलाडी मार्टीनले पहिलो गोल गरेसंगै खेलको रौनक बढेको थियो ।

खोटाङले १ गोल गरेपछि धनकुटाको खेलाडी जर्सी नं. २३ का सुनील खड्काले ६९ मिनेटमा जवाफी गोल फर्काएका थिए । जवाफी गोलसंगै खेल आक्रमक बनेपछि खोटाङका खेलाडी मार्टीनले खेलको ८१ औँ मिनेटमा अर्को गोल थप्न सफल भएका थिए ।

मार्टिनको दोस्रो गोल नै जीतमा परिनत भएको थियो । यस्तै ¬व्यक्तिगत विधातर्फ म्यानअफ द म्याच खोटाङका मार्टीन घोषित भए । हिजो भएको खेलमा आर्मीसंग जर्जीयन फुटबल क्लव भारत पराजीत भएको थियो भने भोली समहेश युवा क्लब, सिराहा र डाँगीहाट युथ क्लव मोरङ विच खेल हुनेछ ।

भोजपुर रंगशालामा सुरु भएकोे प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधीसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले बताए ।

प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३० लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम सङ्कलन गरिने आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष सुवालले जानकारी दिए । अहिलेसम्म करिब ११ लाख रकम सङ्कलन भई सकेको छ भने अन्य रकम पनि सङ्कलन गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार