भोजपुर । भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौले जितको छ ।
भोजपुर फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मीलाई ट्राईबेकरमा ४–२ गोलले पराजित गर्दै चर्च व्वाईजले उपाधी उचालेको हो ।
हाफ टाईमको पहिलो खेलमा चर्च व्वाईजका जर्सी नं. १२ का अरमन्दले १८ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
यस्तै आर्मीको तर्फबाट जर्सी नंं ५९ का अनिल बम्जनले ५० औँ मिनेटमा जवाफी गोल फर्काएर खेललाई बरावरी बनाएका थिए । खेल बरावरी भएसंगै खेल निकै आक्रमक बनेको थियो ।
खेल निकै आक्रमक बनेको खेलको निर्धारित समय सम्म पनि एक एक गोल वोहेक कुनै गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा गएको थियो ।
यस्तै व्यक्तिगत विधातर्फ म्यानअफ द म्याच र वेष्ट किप्पर चर्च व्याइचका दिप कार्की, वेष्ट कोज रमेश दंगाल, सर्वाेकृष्ट खेलाडी सुदिप गुरुङ घोषित भए ।
प्रतियोगिताको विजेता चर्च ब्वाइजले ट्रफी सहित नगद रु. ५ लाख प्राप्त गरेका छन् भने उप–विजेता त्रिभुवन आर्मीले ट्रफी सहित नगद रु. ३ लाख पाएका छन् ।
बैशाख ९ गतेबाट सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमले सहभागिता जनाएका थिए ।