भोजपुरको आमचोक बुलेरो दुर्घटना अपडेट : मृत्यू हुनेको संख्या दुई पुग्यो

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवामा वुलेरो दुर्घटनामा मृत्यू हुनेको संख्या दुई पुगेको छ ।

बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेपछि घटना स्थलमै एक जनाको मृत्यू भएको थियो भने एक जना उपचारका लागि धरान स्थित घोपाक्याप लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक दल कुमार राईले बताए ।

घटना स्थलमै मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुना राई रहेकी छिन् भने उपचारमा लैजाने क्रममा वर्ष ३६ की शान्ति राईको वाटोमै मृत्यू भएको हो ।

घाइते हुनेमा धरान ५ सुनसरी बस्ने वर्ष ७ की आशिका राई, धरान ५ सुनसरी बस्ने वर्ष ५० को खानुहाङ राई, आमचोक गाउँपालिका १० बस्ने सफल राई, सोहि ठेगानामा बस्ने वर्ष ६० का वी बहादुर राई, वर्ष ३०का सुमन राई, वर्ष ६ को सृष्टि राई, वर्ष ३१ की सरस्वती राई, ६ महिने बालक अनरप राई, वर्ष ३६ का प्रकाश राई (चालक), धरान १३ सुनसरी बस्ने वर्ष १३ का साईमन राई, वर्ष १३ का लिजा राई, धरान ५ बस्ने वर्ष ३५ को सृजना राई रहेका छन् ।

उक्त दुर्घटना भएको गाडीमा १४ जना सवारहेका थिए । घाईते १२ जनाको भने धरान स्थित घोपाक्यापमा उपचार भईरहेको प्रहरीले जनाएको छ । गाडीसडकबाट अन्दाजी २०० मिटर तल खसी दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार