प्रदेश नामको विषयलाई धेरै संवेदनशील बनाउन जरुरी छैन : अध्यक्ष ओली

इलाम । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले कोशी प्रदेशको नामको विषयमा ठूलो कुरा नभएको र यसलाई धेरै संवेदनशील बनाउन जरुरी नभएको बताएका छन् । प्रतिनिधिसभा इलाम २ का विजयी सुहाङ नेम्वाङको विजय र्‍यालीपछिको सभालाई मंगलबार यहाँ सम्बोधन गर्दै ओलीले हामी सबै नेपाली पहिलो पहिचान भएको बताए । उनले कुनै जात, व्यक्ति या उसको थरका आधारमा प्रदेशको नाम राख्न नमिल्ने जिकिर गरे ।

उनले भने, ‘इलाममा सूर्यले जित्यो नि त्यही हो पहिचान । त्यही हो गन्तव्य अनि उद्देश्य ।’ उनले सबैले सबैको जात, धर्म, संस्कृति र कलालाई रक्षा र माया गर्नु नै पहिचान भएको बताए ।

उनले इलामको विकासको जिम्मा जनताले सुहाङ नेम्वाङलाई दिएको भन्दै यहाँ सम्पूर्ण विकासको जिम्मा सुहाङले लिने बताएका ओली थपे, ‘इलामको विकासको जिम्मा सुहाङले लिनुहुन्छ, म उहाँको जिम्मा लिन्छु । अध्यक्ष ओलीले देशलाई आर्थिकरुपमा समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र भएको दाबी गरे । उनले भने, ‘मुलुकलाई आर्थिकरुपमा बलियो र समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र छ, अहिलेसम्मको सबै कामको नेतृत्व एमालेले नै गरेको छ ।
अध्यक्ष ओलीले सुवास नेम्वाङले थालेको विकासको अभियानलाई पूर्णता दिनका लागि सुहाङ उपयुक्त पात्र रहेको उल्लेख गरे । उनले सुवास जनताको लागि लड्ने योद्धा भएको स्मरण गर्दै उनका छोरा सुहाङ पनि योद्धा नै भएको दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार