पत्रकार र प्रहरीलाई महुलीको स्वास्थ्य सामाग्री वितरण

भोजपुर । भोजपुुरमा सञ्चालित महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य सामाग्री वितरण गरेको छ । संस्थाले नेपाल पत्रकार महासंघ भोजपुर र जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
देशव्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमणबाट बच्न र सचेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ संस्थाले स्वास्थ्य सामाग्री गरेको हो । कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकाले सम्भावित जोखिमबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यानमा राखी अग्रपन्तीमा खट्ने सञ्चारकर्मी र सुरक्षा निकायलाई सहयोग प्रदान गरिएको संस्थाका प्रमुख हेमराज दाहालले बताए ।
‘संक्रमणकालिन परिस्थितीमा जोखिम उठाएर अग्रपन्तीमा खटिरहने सञ्चारकर्मी र सुरक्षाकर्मीलाई हामीले सकेको सानो सहयोग गर्ने मनसाय हो, यो विषम परिस्थितीमा निरन्तर खटिरहने निकायहरुप्रति धन्यवाद दिन चाहान्छु’ दाहालले भने । विषम परिस्थितीमा पत्रकारिताको माध्यमबाट नागरिकसामू सुसूचित गर्ने पत्रकार र सञ्चारकर्मी निरन्तर अघि बढिरहेको काम सह्रानीय रहेको उनले बताए ।
संस्थाको सहयोग प्रति नेपाल पत्रकार महासंघ भोजपुर शाखा आभारी रहेको शाखाका अध्यक्ष एक्सन राईले सुनाए । पछिल्लो समय भोजपुर जिल्लामा कोरोना संक्रमणको दर पनि बढिरहेको छ । आईतबार मात्रै भोजपुरमा कोरोना संक्रमित हुनेको संख्या एकसय ५३ पुगेको छ । जसमा एकजनाको मृत्यू भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार