भैषिपंखाका भलमान राईलाई वडाद्वारा आर्थीक सहयोग

भोजपुर । भोजपुर नगरपालिका वडा नं १० भैषीपंखा स्थित डाडाखर्कका भलमान राईलाई वडाको पहलमा भोजपुर नगरपालिकाले ५० हजार आर्थीक सहयोग गरेको छ । राईको कम्बरदेखी मुनीको भाग पाकेपछि उनको उपचारका लागी वडा मार्फत नगरपालिकाले आर्थीक सहयोग गरेको वडा अध्यक्ष सुविन राईले जानकारी दिए । विगत १ महिनादेखी उपचाररत उनमा पछिल्लो समय खुट्टाको घाउँ पाक्ने, प्यारालइसिस, छाती, फोक्सो, टाउको लगायत शरीरका विभिन्न अंगमा समस्या भएको छ ।
उनको अहिले काठमाण्डौ स्थित कृतिपुर अस्पतालमा उपचार भइरहेको पारिवारीक श्रोतले बताएको छ ।
उनको उपचारका लागी पछिल्लो समय देश तथा विदेशबाट आर्थीक सहयोज आएरहेको उहाको छोरी विपना राईले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार