नारायणी नदीमा जल सतह खतराको तह पार, त्रिवेणी र सुस्तामा डुबानको खतरा

नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जल सतह खतराको तह पार गरेको छ । नारायणीमा बाढी अझै बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा डुबानको खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले त्रिवेणी तथा सुस्ता क्षेत्रका डुबान हुनसक्ने होचा स्थानमा भोलि बुधवार मध्याह्नसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन सचेत गराएको छ ।

अविरल वर्षाले नदीको सतह बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार