भोजपुरमा मोटरसाईकल आगजनी गर्ने २ जना पक्राउ

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका वडा नं–९पानीट्याङबाट मोटरसाईकल आगजनी गर्ने २ जना युवा पक्राउ परेका छन् । स्थानीय सन्जु तामाङको वा ८४प ५२१४नम्बरको मोटरसाइकल आगजनी गर्ने स्थानीय दुई जना युवालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले प्रक्राउ गरेको हो ।
सामान्य झै झगडा पश्चात मादक पदार्थ सेवन गरी मोटरसाइकलमा आगो लगाई फरार उनीहरुलाई लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक जिवन कुवरले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत भोजपुरबाट म्याद थप गरी अनुसन्धान थालेको समेत प्रहरी निरीक्षक कुवरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार