किरात राई संघ भोजपुरले सरसफाई कार्यक्रम संगै गर्यो मन्दिरमा दिप प्रज्वलन

भोजपुर । नेपाली कांग्रेसको भात्री संगठन नेपाल किरात राई संघ भोजपुरले सरसफाईसंगै मन्दिरमा दिप प्रज्वलन गरेको छ । नेपाल किरात राई संघको कार्यक्रम अनुसार भोजपुरमा पनि राधाकृष्ण र सिद्धाकाली मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको नेपाल किरात राई संघ प्रदेस समितिका संयोजक कृष्णराज राईले जानकारी दिए । संघले मन्दिर परिषरको सरसफाईसंगै दिप प्रज्वलन समेत गरेको राईले बताए ।

विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट विश्वले ठुलोनोक्सानी वेहेर्नु परिरहेको बेला यस्तो महामारीको अन्त्यको लागि देवी देवतालाई धुपधुवार गरी शक्ति मागीएको किरात राई संघ केन्द्रिय कार्य समितिका सभापति धर्मराज राईले जानकारी दिए । केन्द्रिय समितिका अध्यक्ष राईका अनुसार उक्त कार्यक्रम भोजपुरमा मात्र नभई धन्कुटा, इलाम, खोटाङ लगायत अन्य जिल्लाहरुमा एकै साथ आ आफ्नो जिल्लाको मन्दिरमा शान्तीको कामना सहित दिप प्रज्वलन गरिएको जानकारी दिए । भोजपुको सवै पालिकाका मन्दिरमा सरसफाई सहित दिप प्रज्वलन गरिएको जिल्ला कार्य समिति भोजपुरले जनाएको छ ।


सरसफाई तथा दिप प्रजलन कार्यक्रममा नेपाली कांग्रेसका नेतृ तथा राष्ट्रपतिको प्रत्यासी उमेदवार कुमारी लक्ष्मी राई, नेपाली कांग्रेसका महादिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हेमन्त मुकारुङ, नेपाल तरुणदल जिल्ला कार्य समितिका सभापति सरोज बस्नेत, नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति भोजपुरका सभापति टार्जन राई, नेपाल महिला संघ, शिक्षक संघ, प्रध्यापक संघ तथा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार