भोजपुरमा जारी निषेधाज्ञा राती १२ बजेबाट सकिदै, शैक्षिक संस्था भने अझै नखुल्ने

भोजपुर । भोजपुरमा जारी निषेधाज्ञा शुक्रबारबाट सकिएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रको वैठकले आज राती १२ वजे सम्म गरिएको निषेधाज्ञा सकिएको निर्णय गरेको छ । शनीवारबाट स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गरी सवै उद्योग कलकारखाना, व्यापार व्यावसाय, यातायात लगायतका श्रेत्रहरु सुचारु गर्ने निर्णय गरेको हो ।
यस्तै वैठकले दर्शक सहितको खेलकुद, हाटबजार, समुहगत रुपमा हुने धार्मीक तथा साँस्कृतिक क्रियाकलाप, भौतिक रुपमा उपस्थित हुने शैक्षिक संस्थाहरु हालका लागि संचालन नगर्ने निर्णय गरेको छ ।
जिल्लाको पस्चिमी सिमाना चखेवामा रहेको हेल्थ डेक्सको सुरक्षा प्रबन्ध र यात्रु विवरण संकलन गर्ने जिम्मेवारी शसस्त्र प्रहरी बललाई र पुवी नाका लेगुवामा रहेको हेल्थ डेकस्को सुरक्षा र यात्रुको विवरण संकलन गर्ने जिम्मेवारी जिल्ला प्रहरी कार्यालयलाई दिने निर्णय समेत गरिएको छ ।

साथै सरुवा भई जानु भएका नेपाली सेनाको गणपति बसन्त बहादुर गौतम र जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रको सदस्य सचिव तथा साहयक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले कोभिड रोकथाम, नियन्त्रण र उपचारमा पुर्याउनु भएको योगदानको लागि स धन्यबाद समेत व्यक्त गरेको छ ।
भोजपुरमा वैशाख २८ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार