काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा०ले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यकारिणी सदस्य तथा सांसद रेणु यादवले जानकारी दिइन् ।
सोमवार उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै आज कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।
सरकारमा सहभागी हुने, संसदीय दलको नेता चयन गर्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सांसद यादवले बताइन् ।