भोजपुरमा तपाईको माक्स खै अभियान (फोटो फिचर)

भोजपुर । भोजपुरमा तपाईको माक्स खै अभियान सुरु गरिएको छ । जिल्ला अस्पताल भोजपुर र सुआहारा कार्यक्रम भोजपुरले संयुक्त रुपमा उक्त कार्यक्रम गरेको हो ।

विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गर्दै पताईको माक्स खै, तपाईले तपाईले सहि तरिकाले माक्स लगाउनु भएको जस्ता स्टिकर सवारी साधनमा टासी र सर्वसाधरणलाई सचेत गराउँदै उक्त कार्यक्र गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यलय भोजपुर, जिल्ला प्रहरी कार्यालय भोजपुर, ट्राफिक कार्यालय भोजपुर, सामुदायिक प्रहरी सेवा केन्द्र भोजपुरले शनीवारे हटिया र बसर्पाक आसपासका क्षेत्रमा सचेतना कार्यक्रम सहित तपाईको माक्स खै अभियान गरेको हो ।

कार्यक्रममा सर्वसाधरणलाई माक्स समेत वितरण गरिएको थियो । कार्यक्रममा सुआहाराले माक्स र स्टिकर ट्राफिक प्रहरीलाई हस्ताणतराण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार