पालिका अध्यक्ष महेश राई माथी लागेको कुटपिटको आरोप झुटो, दुवै अध्यक्ष विच भनाभन मात्र भएको दावी

भोजपुर । साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राई र सोहि गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मान बहादुर खत्री विच समस्या समाधान भएको छ । वुधवार भोजपुर सदरमुकाममा नेपाली कांग्रेस तथा नेकपा एमालेका नेताहरुको उपस्थितीमा दुई जना विचको मेलमिलाप गराउदै उनीहरु विच भएको विवादको समस्या समाधान गरिएको हो । पालिका अध्यक्ष महेश राई र वडा अध्यक्ष मान बहादुर खत्री विच १५ गते डाक्टरको राजीनामा स्वीकृत गरी अर्को डाक्टर नियुक्ति गर्ने, बाकी रहेको सेवा सुवीधा उपलब्ध गराउने भनी सहमती जनाउँदै विवाद समाधान गरिएको हो ।
अध्यक्ष राई र खत्री विच डाक्टरले तलब नपाएको विषयलाई लिएर समस्या उत्पन्न भएको थियो । डाक्टरको तलब माग गर्दै वडाध्यक्ष खत्री सहितका टोली शुक्रबारै गाउँपालिकामा डेलिगेसन गएका थिए । तर गाउँपालिका अध्यक्ष राई र कार्यकारी अधिकृतलाई नभेटेपछि खत्री कुलुङ फर्किएका थिए। गाउँपालिकाको कार्यालयबाट कुलुङ फर्किने क्रममा अध्यक्ष राई र वडा अध्यक्ष खत्री वाटैमा भेट भई खत्रीमाथी अध्यक्ष
राईले कुटपिटको आरोप लागेको थियो ।छलफलमा भने आक्रोसको वेला भनाभन चाही भएको बताएका छन् । उनीहरुले आफुहरु सधै एक अर्कालाई सहयोग गरेर अगाडी बढिरहेको समेत बताएका छन् ।

उनीहरुले अस्पतालको डाक्टर नै राजनीतिमा लागेर विवाद झिकेको बताएका छन् । तलब दिने कुरामा हामी तयार नै छौँ। तर कति दिने भन्ने कुरामा छलफल भइरहेको र प्रशासकीय अधिकृत फेरिएकाले खातामा हस्ताक्षर फेरी नसकेको र कार्यपालिकाबाट पास गरेर तलब दिने गरेका बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार