पालिका अध्यक्ष महेश राई माथी लागेको कुटपिटको आरोप झुटो, दुवै अध्यक्ष विच भनाभन मात्र भएको दावी

भोजपुर । साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राई माथी लागेको कुटपिटको आरोप झुटो रहेको बताएका छन् । बुधवार भोजपुरमा छलफको क्रममा अध्यक्ष राईले डाक्टरको तलबको विषयलाई लिएर उत्पन्न भएको विवादमा कुटपिट भने नभएको पालिका अध्यक्ष महेश राईले बताएका छन् ।

वुधवार भोजपुर सदरमुकाममा नेपाली कांग्रेस तथा नेकपा एमालेका नेताहरुको उपस्थितीमा दुई जना विचको मेलमिलाप गराउदै उनीहरु विच भएको विवादको समस्या समाधान गरिएको हो । पालिका अध्यक्ष महेश राई र वडा अध्यक्ष मान बहादुर खत्री विच १५ गते डाक्टरको राजीनामा स्वीकृत गरी अर्को डाक्टर नियुक्ति गर्ने, बाकी रहेको सेवा सुवीधा उपलब्ध गराउने भनी सहमती जनाउँदै विवाद समाधान गरिएको हो । अध्यक्ष राई र खत्री विच डाक्टरले तलब नपाएको विषयलाई लिएर समस्या उत्पन्न भएको थियो ।

डाक्टरको तलब माग गर्दै वडाध्यक्ष खत्री सहितका टोली शुक्रबारै गाउँपालिकामा डेलिगेसन गएका थिए । तर गाउँपालिका अध्यक्ष राई र कार्यकारी अधिकृतलाई नभेटेपछि खत्री कुलुङ फर्किएका थिए। गाउँपालिकाको कार्यालयबाट कुलुङ फर्किने क्रममा अध्यक्ष राई र वडा अध्यक्ष खत्री वाटैमा भेट भई खत्रीमाथी अध्यक्ष राईले कुटपिट गरेको आरोप लागेको थियो । छलफलमा भने आक्रोसको वेला भनाभन चाही भएको तर कुतपीट भने नभएको दुवै अध्यक्षले बताएका छन् । आक्रोसको वेला भएको भनाभनलाई ठुलो नबनाई विवाद समाधान गर्न छलफलमा सवैले सुझाव दिएका थिए ।
दुवै अध्यक्षले अस्पतालको डाक्टर नै राजनीतिमा लागेर विवाद झिकेको बताएका छन् । तलब दिने कुरामा हामी तयार नै छौँ। दिने कुरामा छलफल भइरहेको र प्रशासकीय अधिकृत फेरिएकाले खातामा हस्ताक्षर फेरी नसकेको र कार्यपालिकाबाट पास गरेर तलब दिने गरेको समेत अध्यक्ष महेश रईले बताएका छन् । पालिका अध्यक्ष प्रति सधै सम्मान गर्दै एक आपसमा सहयोग गरागर गरेर अगाडी वढिरहेको वडा अध्यक्ष मान बहादुर खत्रीले बताएका छन् । उनीहरु विच कुनै समस्या नरहेको दुवै अध्यक्षले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार