नेपालमा एमसीसी अनुमोदनको प्रयासबारे बोर्ड बैठकमा समीक्षा

काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताको पछिल्लो अवस्थाबारे एमसीसीको बोर्ड बैठकमा समीक्षा गरिएको छ । एमसीसीको मुख्यालय वाशिङ्टन डीसीमा भएको बैठकमा नेपालको संसदबाट एमसीसी अनुमोदनका लागि भएका प्रयासबारे छलफल भएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेंनको अध्यक्षतामा भएको बोर्ड बैठकमा एमसीसी अनुमोदनलाई अगाडि बढाउनका लागि एमसीसीको उच्चस्तरीय टोलीले यसै महिनाको शुरुमा गरेको नेपाल भ्रमण र पछिल्लो अवस्थाबारे जानकारी दिइएको थियो ।

गत सेप्टेम्बर ९ मा एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाल भ्रमण गरेकी थिइन् । नेपालमा रहँदा उनले राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटी एमसीसी शीघ्र अनुमोदन गर्न आग्रह गरेकी थिइन् ।

एमसीसी बोर्ड बैठकमा अन्य विभिन्न मुलुकमा सञ्चालन भइरहेका परियोजनाबारे पनि छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार