नेपाल तरुणदल भोजपुरले मनायो ६८ औ स्थापना दिवस

भोजपुर । नेपाल तरुणदल जिल्ला कार्य समिति भोजपुरले ६८ औ स्थापना दिवस मनाएको छ । नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै नेताहरुले पाटीलाई एकबद्ध भएर अगाडी बढ्न तरुण दलको ठुलो भूमीका रहेको बताएका छन् ।

तरुणदलले पाटी र देशका लागि गरेको योगदान प्रशंसनीय रहेको सवैले बताएका छन् । नेपाल तरुण दल भोजपुरका सभापती सरोज बस्नेतको सभापतित्व तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरका सभापति नन्दमणी राईको प्रमुख आतिथ्यमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार