भोजपुरमा हात्तिपाईले रोग नियन्त्रण सम्बन्धी एक दिने गोष्ठी सम्पन्न

भोजपुर । भोजपुरमा हात्तिपाईले रोग नियन्त्रण सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । नेपालमा सन् २०३० सम्म यस रोगलाई जनस्वास्थ्य समस्याको रुपमा रहन नदिने उदेश्यका साथ भोजपुरमा पनि सन् २०११ बाट हात्तिपाईले रोग नियन्त्रण तथा रोकथामका लागि औषधि सेवान गर्न सुरु गरिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा हात्तिपाईले रोग नियन्त्रणका लागि औषधि सेवन गरी सकेको २ वर्ष भएको र २ वर्ष यता कुनै रोगको लक्षण नदेखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताए ।


भोजपुरमा हात्तिपाईले रोग नियन्त्रण तथा रोक्थाम भयो कि भएन भनेर एक हजार ५ सय ३२ जना बच्चामा टेस्ट गर्ने बताईएको छ । भोजपुरका ८६ विद्याका १ र २ कक्षामा अध्यानरत विद्यार्थीहरुमा टेष्ट गरिने बताईएको छ । टेष्ट गरिएका विद्यार्थीहरुलाइ १÷१ थान सिसाकलम र इलेजर समेत प्रदान गरिने बताईएको छ ।
नेपालमा ६३ वटा जिल्लाममा हात्तिपाईले रोग जोखिम देखिएकोमा ४९ जिल्लामा औषधि खुवाउन रोकिएको र १२ वटामा भने ओसधि सेवन जारी रहेको बताईएको छ ।
टेष्का संसिरबाट सुरु हुने बताईएको छ । टेष्ट गर्न प्रत्येक टिममा कम्तीमा ३ जना स्वास्थ्यकर्मी खटाईने स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार