‘निर्वाचनसम्म गठबन्धन अघि बढ्छ’ : अध्यक्ष प्रचण्ड

भोजपुर ! नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै तहको निर्वाचनसम्म गठबन्धन अघि बढिरहने बताएका छन् । शुक्रबार प्रेस सेन्टर नेपाल भोजपुरले आयोजना गरेको पत्रकार भेटघाटमा दाहालले स्थानीय, प्रदेश र संघको निर्वाचनमा गठबन्धन जारी रहने प्रतिक्रिया दिएका हुन् ।
सत्तारुढ गठबन्धन सम्बद्ध राजनीतिक दलसंग आसन्न चुनावमा पनि मिलेर अघि बढ्ने उनले बताएका हुन् । संविधान, गणतन्त्र तथा लोकतन्त्र, राष्ट्रियताको रक्षाका लागि गठबन्धन भएको उनले बताए । साथै तीन तहको निर्वाचन एकैपटक गर्दा राज्यको सम्पति, जनतालाई सास्ती र हुने अवैध चलखेल पनि रोकिने अध्यक्ष दाहालले जिकिर गरे ।
अगुवा कार्यकर्ता प्रशिक्षणका लागि भोजपुर आएका दाहालले विभिन्न स्थानीय सरकार प्रमुख, सुरक्षा निकाय, कार्यकर्ता भेटघाट कार्यक्रम रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार