नेपाली कांग्रेस प्रदेश (क) को सभापतिमा सरोज बस्नेत विजयी

भोजपुर । नेपाली कांग्रेस प्रदेश (क) को सभापतिमा सरोज बस्नेतले विजयी भएका छन । निकटतम प्रतिदन्दी देबेन्द्र राईलाई १ सय २४ मतले पछाडी पार्दै बस्नेत विजयी बनेका हुन । बस्नेतले २ सय ९९ मत ल्याउदा देबेन्द्र राईले १ सय ७५ मत ल्याएका छन । नगेन्द्र खत्री ७५ मत ल्याउदै तेस्रो भएका छन ।

यस्तै उप सभापतिमा मिलन राई सय ४१ र राज कुमा आले २ सय १४ मत ल्यायी विजयी भएका छन् । सचिवमा किशोर राईले २ सय ८० र उत्तम कार्कीले २ सय २७ मत प्राप्त गरी विजयी भएका छन भने सह सचिवमा जीत बहादुर दाहाल र विक्रम खड्का विजयी भएका छन् ।

प्रदेश अधिवेशनका लागि खुल्ला तर्फ चुडामणी दाहाल, फुर्लाक्पा शेर्पा, राजु बसनेत, कमल बस्नेत, भुपेन्द्र राना, चोल प्रसाद आले र राजकुमार राई, आदिवासी जनजाती तर्फ रमेश कुमार राई र कर्ण पुलामी मगर, खसआर्य खुल्लामा हरि प्रसाद गौतम, जनजाती महिला तर्फ पुजा राई र शुस्मा राई, निर्वाचीत भएका छन् ।

यस्तै प्रदेश ‘ख’मा मदन खुलाल सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् । समितिको उपसभापतिमा घमचन्द्र दाहाल, भविन्द्र राई, सचिवमा विनम श्रेष्ठ, निम्नुरी शेर्पा र सहसचिवमा प्रलाद थापा, विशुराम राई चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार