भोजपुर प्रदेश सभा ‘ख’ को सभापतीमा खुलाल सर्वसम्मत चयन

भोजपुर । नेपाली काङ्ग्रेसको १४ औँ अधिवेशन अन्र्तगत भोजपुर प्रदेश सभा ‘ख’ को सभापतीमा मदन खुलाल चयन भएका छन् । शनिवार भएको अधिवेशनबाट खुलाल सहित सम्पुर्ण टिम नै सर्वसम्मत चयन भएको नवनिर्वाचित सचिव विनम श्रेष्ठले जानकारी दिए । समितिको उपसभापतीमा घमचन्द्र दाहाल, भविन्द्र राई सचिवमा विनम श्रेष्ठ, निम्नुरी शेर्पा सहसचिवमा प्रलाद थापा, विशुराम राई र सदस्यमा स्मृती राई चयन भएका छन् ।
त्यस्तै प्रदेश प्रतिनिधि खुल्ला महिलामा अम्बीका कार्की, कृती कुमारी कार्की, शोभा नेपाल, प्रदेश प्रतिनिधि खुल्ला अनोज कार्की, चन्दन कटुवाल, टेक बहादुर श्रेष्ठ, ध्यान कुमार राई, नारायण बहादुर राउत, शम्भु प्रसाद नेपाल, सिताराम राई, प्रदेश प्रतिनिधि खस आर्य कुल बहादुर विष्ट, प्रदेश प्रतिनिधि आदिवासी जनजाती महिला विष्णु कुमारी राई, लिलामाया तामाङ, प्रदेश प्रतिनिधि आदिवासी जनजाती पुरुष शुभचन्द्र राई, राम बहादुर श्रेष्ठ, प्रदेश प्रतिनिधि दलित सुरेन सुन्दास र अपांगमा शम्भु प्रसाद कार्की चयन भएको निर्वाचन अधिकृत बेनुप कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार