वैदेशिक रोजगारका क्रममा ठगीएकाहरुलाई सामी परियोजना भोजपुरले गर्यो १ करोड ३२ लाख क्षतीपुर्ती वितरण

भोजपुर । वैदेशिक रोजगारका क्रममा ठगीएकाहरुलाई सुरक्षित आप्रवासी श्रोत केन्द्र भोजपुरले १ करोड ३२ लाख ४६ हजार ८ सय ६२ रुपैया क्षतीपुर्ती वितरण क्षतीपुर्ती वितरण गरेको छ । अन्तराष्ट्रिय आप्रवासी कामदार दिवशको अवशर सामीले आयोजना गरेको एक कार्यक्रममा उक्त क्षतीपुर्ती वितरण गरेको सामी परियोजना भोजपुरका कार्यक्रम अधिकृत टेक बहादुर

परियोजनाले जिल्लाभरी २ हजार २ सय ६३ जनालाई सेवा प्रवाह गर्दा न्याय सहजिकरणमा ७० जनाको आर्थीक क्षतीपुर्ती वितरण गरेको छ । जसमा भोजपुर नगरपालिकाका २१ जनाको ३२ लाख २१ हजार ३९, षढानन्द नगरपालिकाको ११ जनाको २२ लाख, हतुवागढि गाउँपालिकाको १७ जनाको ४ लाख, टेम्केमैयुङ गाउँपालिकाको १५ लाख, रामप्रसादराई गाउँपालिकाको २ जनाको २५ हजार, आमचोक गाउँपालिकाको ३ जनाको २९ लाख, पौवादुङमा गाउँपालिकाको ५ जनाको ९ लाख अरुण गाउँपालिकाको ६ जनाको २१ लाख गरी जम्मा १ करोड ३२ लाख ४६ हजार ८ सय ६२ रुपैया क्षतीपुर्ती वितरण भएको श्रेष्ठले बताए ।

परियोजनाले विदेशबाट घर आएका युवाहरुमध्ये जिल्लाभरीका ३८ जनालाई विभिन्न किसिमका सिपमुलक तालीम प्रदान गरेको छ । भने विदेश गएका युवाहरुको आफन्तहरु मध्ये गत आवमा ३१ जना र यस आवमा ९ जनालाई छात्रवृति प्रदान गरीसकेको सामी परियोजनाका लेखा प्रशासन अधिकृत कर्ण पुलामीले जनाए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले नेपालको कुल बजेट मध्ये २५ प्रतिशत विदेशी रेमिट्यान्सले चलेको उल्लेख गर्दै आगामी दिनमा सीप सिकेर गाउँमै स्वरोजगार बन्न आग्रह गरेका छन् । साथै मेयर आलेले भोजपुर नगर क्षेत्रका कृषकहरुलाई लक्षित गरी नगरपालिकाले किसान क्रेडिट कार्ड मार्फत कृषी क्रणको व्यावस्था, कृषी अनुदान, कृषी औजार, टनेल लगायत सामग्रीको व्यवस्था गरेको समेत जनाए ।
त्यस्तै कार्यक्रममा बोल्ने अन्य अतिथिहरुले देशमा भएको युवा शक्तिलाई गाउँमै केहि सिप सिकेर स्वरोजगार बन्न आवश्यक रहेको उल्लेख गरेका थिए । साथै उनीहरुले विदेशमा काम गर्न जादा सिप सिकेर मात्र जान आग्रह गरेका छन् ।
भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर ममिता राई, वडा अध्यक्ष जय ब तामाङ, गोपाल कार्की, सैलेन्द्र कार्की, सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद दाहाल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र राई, लेखा अधिकृत मुकुन्द राई सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायत सामी परियोजनामा आवद्ध कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार