सार्वजनिक भयो राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका, कुन प्रदेशबाट कति छन् मतदाता ?

काठमाडौं । आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ। यसका लागि आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख सहभागी हुने चुनावमा मतदाताको कूल संख्या २ हजार २५ रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार प्रदेश १ मा २६४, प्रदेश २ मा ३७२, बागमतीमा ३४६, गण्डकीमा २२९, लुम्बिनीमा २९६, कर्णालीमा १९१ र सुदूरपश्चिम २२७ जना मतदाता छन्। मतदाताको अन्तिम नामावली भने सोमबार सार्वजनिक गरिनेछ।

प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको समय मंगलबारलाई तोकिएको छ। समयावधि सकिएर राष्ट्रिय सभाका १९ जना सदस्य बिदा हुने भएकाले ती स्थान परिपूर्ति गर्न माघ १२ गते चुनाव गर्न लागिएको हो।

यसमा सत्ता गठबन्धनका दलले मिलेर चुनाव लड्ने तयारी गरेका छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार