देशभर सक्रिय संक्रमित झण्डै १० हजार

काठमाडौँ । कोरोनाको सक्रिय संक्रमितको संख्या झण्डै १० हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ९ हजार ५२२ जना सकृय संक्रमितको संख्या छ ।

विगत २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १५ हजार ३३ जनाको कुल परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार १४४६ मा संक्रमण पुष्टि भएको थियो । पुस २२ गते संक्रमण दर ४।५ रहेकोमा पुष २७ गतेसम्म आइपुग्दा १६।३ प्रतिशतमा उकालो लागेको छ । दैनिक झण्डै दोब्बरको संख्यामा संक्रमण देखा परिरहेको छ ।

देशभरको सक्रिय संक्रमितको अवस्था हेर्दा काठमाडौँ उपत्यकामा सबैभन्दा बढीमा संक्रमण देखिएको छ । हाल काठमाडौँमा ३ हजार ५२१, भक्तपुरमा ६९९ र ललितपुरमा १ हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । कुल गरी ५ हजार ३१० जना सक्रिय संक्रमित काठमाडौँ उपत्यकामै मात्रै रहेका छन् । विगत २४ घण्टामा काठमाडौंमा ९८०,भक्तपुरमा ८५ र ललितपुरमा २२१ जनामा संक्रमण देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार