नेपालमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भोजपुरमा पनि सतकर्ता अपनाउन अनुरोध

भोजपुर । वाहिरी मुलुकसंगै नेपालमा पनि कोरोना भाईरसको संक्रमण बढ्दै जान थाले पछि भोजपुरमा पनि स्वास्थ्य सतकर्ता अपनाउन अनुरोध गरिएको छ । आज बुुधवार जिल्ला प्रशासन कार्यालय भोजपुरमा बसेको कोभिड व्यावस्थापन केन्द्रको वैठकले अनिवार्य रुपामा स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्ण रुपमा पालना गर्ने गराउने निर्णय गरेको छ ।

हिडडुल गर्दा, भिडभाडमा जादा, सामान खरिद तथा विक्री गर्दा, अनिवार्य रुपमा नाक मुख र चिउडो छोप्ने गरी माक्सको प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।

वैठकले २५ जना भन्दा वढि मानिसको भेला हुने गरी कुनै पनि कार्यक्रम र्गन तथा गराउन नपाईने निर्णय समेत गरेको छ भने कुनै पनि सरकारी तथा गैर सरकारी संघसंस्थामा भिडभाड नगराई उपयुक्त विधि अपनाई सेवा प्रवाह गर्न सम्बन्धित कार्यालयका कार्यालय प्रमुखले प्रबन्ध मिलाउने निर्णय गरिएको कोभिड व्यावस्थापन केन्द्रका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बासुदेव कोईरालाले जानकारी दिए ।

माघ ७ गतेबाट लागु हुने गरी कुनै पनि सार्वजनिक स्थानमा जादा अनिवार्य रुपमा खोप कार्ड देखाएर मात्र प्रवेश गराउने निर्णय गरिएको छ ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट हाल सम्म सक्रिय संक्रमितको सङ्ख्या ११ हजार ६ सय ९० पुगेको छ । निको हुनेको सङ्ख्या भने २७८ रहेको छ । २ जनाको भने मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार