सुरक्षित आप्रवासनको लागी पत्रकारको भूमीका विषयक अन्तरक्रिर्या कार्यक्रम सम्पन्न

भोजपुर । भोजपुर जिल्लामा सञ्चालीत सुरक्षित आप्रवासन परियोजना सामी ले आज जिल्ला स्थित सञ्चारकर्मी तथा पत्रकार र मानवअधिकारकर्मीहरुसगँ अन्तरक्रिर्या गरेको छ । आप्रवासी कामदारहरुको सामाजिक बहिष्कारण प्रभाव न्युनीकरण सम्बन्धि मानवअधिकारकर्मी र सुरक्षित आप्रवासनको लागी पत्रकारको भूमीका विषयक अन्तरक्रिर्या कार्यक्रम भएको सामी परियोजना भोजपुरका कार्यक्रम संयोजक तेज श्रेष्ठले बताए । उनले सामी परियोजना कार्यक्रम जिल्लाको भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउपालिका र हतुवागढी गाउपालिकामा मात्र सञ्चालन भैरहेको उल्लेख गर्दै समिक्षा पश्चात जिल्लाभरीका सबै स्थानीय निकायहरुसगँ परामर्शगरी औपचारीक रुपमा कार्यलय स्थापनासगैँ सेवा प्रवाह गर्ने तयारी भएको समेत संयोजक श्रेष्ठले जनाए ।
कार्यक्रममा सामी परियोजना भोजपुर–खोटाङकी कार्यक्रम संयोजक उमा पौडेलले आप्रवासी श्रोतकेन्द्रका मुख्य काम तथा कार्यक्षेत्र, वित्तिय साक्षरता तथा परामर्श, रिटर्नी व्यक्तिसगँ संयमसेवकले गरेको भेटघाट पश्चातका उपलब्धी, विदेशजादा भएका चुनौती, समस्या समाधानका लागी गरीएका प्रयासहरु, रेमिट्यान्स लगायत विषयमा प्रशिक्षण तथा वर्तमान अवस्थाको बारेमा जानकारी दिइन् ।
त्यस्तै कार्यक्रमका अध्यक्ष एंव भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बैदेशिक रोजगारीको बारेमा नगरपालिकाले पास्र्व चित्र निमार्ण गर्ने क्रममा रहेको उल्लेख गर्दै त्यसपश्चात बैदेशीक रोजगारीका बारेमा सम्पुर्ण तथ्यांकको जानकारी उपल्बध हुने बताए । साथै मेयर आलेले विदेशजाने जो सुकै नागरीकहरुलाई मानवअधिकारकर्मी र पत्रकारहरुले सुसूचीत गर्न आग्रह समेत गरेका छन् ।
परियोजनाले भोजपुरमा विगत ३ दिन देखी समिक्षा तथा सरोकारवाला निकायहरुसगँ अन्तरक्रिर्या कार्यक्रम गर्दै आएको छ । जसअनुसार माघ ४ गते जनप्रतिनिधिसगँ, माघ ५ गते प्रहरी सगँ र आज मानवअधिकारकर्मी र पत्रकारसगँ कार्यक्रम गरेको सामी परियोजना भोजपुरका लेखा अधिकृत कर्ण पुलामीले बताए ।
भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको अध्यक्षतामा भएको आजको कार्यक्रममा, उपमेयर ममिता राई, वडा अध्यक्ष जय ब तामाङ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र राई, लेखा अधिकृत मुकुन्द राई लगायत सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार