ललितपुरमा गाडिएको अवस्थामा शव भेटियो, मोरङ घटनासँग जोडिएको आशंका

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका(१२, धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ ।

मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका प्रहरी टोलीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो । त्यही आधारमा धापाखेल गएको अपराध महाशाखाको टोलीले अर्को शव बरामद गरेको एसएसपी वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए ।

बरामद शव तेह्रथुमका मोहन लिम्बुको भएको कुँवरले बताए । उक्त शव करिब एक महिनाअघि गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव प्रमिश थापा मगरको घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा बरामद भएको हो । उक्त घर एक किन्डरगार्डेनलाई भाडामा दिइएको थियो । ‘भाडामा लिने मान्छेहरु त्यहाँ छैनन्, अनुसन्धान गरिरहेका छौं’ कुँवरले भने ।
यसअघि १२ माघमा मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरको बस्तीनजिक उखुबारीमा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको थियो । दुवै जना व्यवसायी भएको खुलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार