अरुण गाउँपालिकाले मिलको पहुचबाट टाढा भएका जनतालाई गर्यो मिल वितरण

भोजपुर । अरुण गाउँपालिकाले मिलको पहुचबाट टाढा भएका जनतालाई मिल वितरण गरेको छ । पालिकाले सोमबार महिला लक्षित कार्यक्रम अन्तरगत ५ लाख लागतमा ११ वटा मिल वितरण गरिएको हो । आफै मिल राख्न नसक्ने, मिलको पहुचबाट टाढा रहेका महिला दिदीबहिनीहरुलाई लक्षित गरि महिला लक्षित कार्यक्रम अन्तगत वडा नं. १, २, ६ ७ मा २÷२ वटा र अरु वडामा १÷१ वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष विनिता ढकालले जानकारी दिइन ।
कुटानी पीसानीका लागि धेरै समय खर्चेर टाढा जानु पर्ने बाध्यता हटेको छ । मिल पाए पछि स्थानीय वडा वासी पनि हर्सित भएका छन् ।
उक्त मिल वितरण गर्दै मिल हस्तानतरण कार्यक्रमलाई सम्बोधन गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुुर कार्कीले पालिकाको समृद्धि भनेको जनतााको समृद्धि रहेको बताएका छन् । कार्कीले अरुण गाउँपालिकाले सधै जनताको हितमा काम गर्दै आएको समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार