‘चेपाङ बस्ती’को विषयमा डा. डीआरले ल्याए चेतनामुलक गीत

 

ाठमाडौँ । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चेपाङ समुदायको जागरणका लागि तयार गीत ‘चेपाङ बस्ती’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा डा. उपाध्यायकै स्वर छ ।
चेपाङ समुदायका समस्या, त्यसको समाधानका लागि राज्यबाट हुनुपर्ने पहल र विभिन्न जागरणका कार्यक्रमका बिषय समेटिएको सामाजिक सन्देशमूलक रहेको गीतकार उपध्यायले बताए ।
चितवनमा चेपाङ समुदायको बसोबास रहेको स्थान जिमलिङ चौतारामा छायांकन भएको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।
भिडियोमा चेपाङ समुदायका विभिन्न व्यक्तिहरू, पत्रकार नेपोलीयन चेपाङ, गीतकार डा. उपाध्याय, सुनिता खनाल, यमबहादुर घर्ती, कृष्ण भुसालको अभिनय समेटिएको छ ।
उत्सव दाहालको छायांकन रहेको यो जागरण गीतको भिडियो डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरेको छ । केही अगाडि ८० विश्व रकेर्ड बनाएका डा. उपाध्याय अहिले १०३ विश्व रेकर्ड पु¥याउने दौडमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार