म्यादी प्रहरीमा भर्ना खुल्यो, १ लाख जनशक्ति माग

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त मागेको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले दरखास्त आह्वान गरेको हो । चैत ६ बाट चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन् ।

म्यादी प्रहरीको फारम देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका ३ वटा प्रहरी परिसरमा पाइन्छ । साधारण लेखपढ गर्न जानेकाहरूले म्यादी प्रहरीमा आवेदन दिन पाउनेछन् ।
सुरक्षा निकायमा २०७८ साउन १ पछि भर्नाको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परिक्षणमा उत्तिर्ण भएकालाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । पूर्व सुरक्षाकर्मी र पूर्व वन रक्षकले पनि म्यादी भर्नामा प्राथामिकता पाउनेछन् ।

यसअघिको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएकाहरुलाई पनि प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । २०७८ चैत १५ बाट म्यादी प्रहरीको छनौट सुरु हुनेछ । चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार