पेट्रोल प्रतिलिटर १६ रुपैयाँका दरले बढेर आयो

काठमाडौँ । भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ ।
बढेको यो मूल्यअनुसार पाक्षिक नोक्सानी ५ अर्ब ३० करोड पुग्ने निगमले जनाएको छ । यहीं मूल्यअनुसार महिनाको १० अर्ब बढी नोक्सानी पुग्ने निगमले जनाएको छ । निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा तथा डिजेलमा ३६ रुपैयाँ ४४ पैसा नोक्सानी छ । मट्टितेल र हवाई इन्धनमा भने निगमलाई नाफा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार