आयो बैशाख ३० को लागि निर्वाचन तालिका हेर्नुस्

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तालिका सार्वजनिक गरेको छ । जस अन्तर्गत उम्मेदवारी मनोनयन बैशाख ११ र १२ गते हुने भएको छ ।

त्यस्तै उम्मेदवारको विरोधमा बैशाख १३ गते उजुरी दिन सकिने भएको छ । बैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले निर्णय गरेको छ ।

यस्तै बैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र १६ गते नाम फिर्ताको समय दिइएको छ । आयोगले १६ गते नै अन्तिम नामावली प्रकाशन गरी १७ गते चुनाव चिह्न दिने कार्यतालिका तयार गरेको छ ।

यसपालि बैशाख ३० गते देशैभर निर्वाचन हुनेछ । यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार