ओली नेत्रित्वले जनताको पक्षमा काम गर्न नसकेपछि विकल्प खेजियो : मूख्य मन्त्री राई

ch'{g a:g]t

भोजपुर । केपी शर्मा ओली नेत्रित्वको सरकाले जनताको पक्षमा काम गर्न नसक्ने भएपछि विकल्प खोजिएको प्रदेश नं. १ का मूख्य मन्त्री राजेन्द्र कुमार राईले बताएका छन् । गृह जिल्ला आई पुगेका मूख्य मन्त्री राईले शनीबार भोजपुरमा भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला भेलाई सम्वोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । राईले बहुमत पाएर पनि केपी ओली नेतृत्वको सरकारले जनताको चाहना र अपेक्षाअनुसार काम गर्न नसक्नु, पञ्चायत, राजा, काङ्ग्रेसको जस्तै केपी सरकार पनि अगाडि बढ्नु र आफ्ना आसेपासेलाई मात्र माथि लैजाने काम पार्टीमा भएकाले आफुहरु एमाले त्याग गरी नयाँ यात्रा प्रारम्भ गरेको बताए । सहि विचारका कारण युवासमेत आफ्नो पार्टीमा रहेकाले उनीहरुलाई एकढिक्का भएर अगाडि बढ्न आग्रह समेत गरेका छन् ।
यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा (एस) केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य जयन्ती राईले दुःख गरेर बनेको पार्टी (एमाले)मा एक जनाको सनकीका कारण विद्रोह गर्नुपरेको बताइन् । उनले अन्याय, अत्याचार र सामाजिक मुक्तिका लागि नयाँ सिर्जना (दल)मा लाग्नुपरेको पनि जनाइन् । पार्टी उपाध्यक्ष तथा स्कुल विभाग प्रमुृख प्रमेश हमालले अहिलेको गठबन्धन कायम राखेर नै अगाडि बढ्नुपर्ने बताए । केन्द्रीयस्तरमा समेत गठबन्धनका विषयमा छलफल भइरहेको बताउँदै उपाध्यक्ष हमालले प्रदेश र जिल्ला तहमा पनि गठबन्धनको विषय अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार