चिनियाँ परराष्ट्रमन्त्री यीको सुरक्षाका लागि काठमाडौंमा उच्च सतर्कता

काठमाडौँ । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भ्रमणको समय सुरक्षा सतर्कता उच्च बनाइएको छ । शुक्रवार साँझ नेपालमा उत्रिएका यी नेपालको ३ दिने भ्रमणका क्रममा छन् । उनको सुरक्षाका लागि नेपाल प्रहरीले सादा पोशाकका प्रहरीहरू खटाएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० सन्तोषसिंह राठौरले बताए ।

‘उहाँको सुरक्षालाई मध्यनजर गरेर पोशाकमा भन्दा पनि सादा पोशाकका प्रहरी खटाएका छौं,’ एसपी राठौरले लोकान्तरसँग भने, ‘सडकमा त्यतिधेरै प्रहरी खटिएका छैनन् ।’ प्रहरी तिब्बती शरणार्थीले गर्नसक्ने आन्दोलन, धर्ना र कालोपट्टि लगायतका विरोध कार्यक्रम हुनसक्ने सम्भावना भएका क्षेत्रलाई सिलजस्तै गरेको छ । काठमाडौंको बौद्ध क्षेत्र र विशेष गरेर गुम्बाहरूमा उच्च सतर्कताका अपनाएको एसपी राठौरले बताए ।

प्रहरीले वाङ यी बस्ने होटललाई सुरक्षाका लागि पूर्णरूपमा सिल गरेको छ । ‘उहाँ बस्ने होटल पूर्णरूपमा सुरक्षा घेरामा राखेका छौं,’ एसपी राठौरले लोकान्तरसँग भने, ‘त्यसका अलावा उहाँ जाने क्षेत्रहरूमा कडा सुरक्षा निगरानी अपनाएका छौं ।’

प्रहरी स्रोतका अनुसार अहिले उनको सुरक्षाका लागि अगाडि, पछाडि प्रहरी, रा ष्ट्रिय अनुसन्धान र इन्टेलिजेन्स गरेर ४० जना खटाइएको छ । उनको कार्यक्रम रहेका मेरियट होटल, बालुवाटार लगायत क्षेत्रमा बाक्लो रूपमा उपत्यकाका प्रहरी संयन्त्रहरू २४ घण्टै खटिएका छन् ।प्रदर्शन हुन सक्ने क्षेत्रमा पनि अत्याधिक बाक्लो रूपमा सादा पोशाकका प्रहरीहरू खटाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार