उज्यालो प्रेसको सम्पादकमा पत्रकार कोइराला

भोजपुर, १३ चैत्र । पत्रकार निरोज कोइराला उज्यालो प्रेस डट कमको सम्पादकमा नियुक्त हुनु भएको छ । आरजु मिडिया प्रा.लिले संचालन गरेको अनलाइनमा कोइरालालाई सम्पादकको जिम्मेवारी प्रदान गरिएको हो ।
लामो समय देखि मोफसलमा बसेर निरन्तर काम गर्दे आई रहेका कोइराला दुई दशक भन्दा बढी अवधि देखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । कोइरालाले राष्ट्रिय तथा मोफसलका ठुला ठुला मिडियाहरु समेत काम गरि सक्नु भएको छ भने अहिले पनि उहाँ बिभिन्न मिडियाहरुमा आवद्ध हुनुहुन्छ । पत्रकार कोइरालाको कार्यक्षेत्र प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुर हो ।
लामो समयको पत्रकारिताको अनुभव भएका कोइरालाको नेतृत्वमा अनलाइनलाई अगाडी बढाउन पाउँदा खुशी लागेको प्रकाशक अर्जुन बस्नेतले बताउनु भयो । प्रकाशक बस्नेतले भन्नुभयो, “करिव २२ बर्षको पत्रकारिता यात्रा पुरा गरि सक्नु भएका पत्रकार कोइरालाको नेतृत्वले अनलाइनलाई समेत ब्यवसायीका र जिम्मेवार बनाउने छ ।”
सम्पादक बन्नु भएका कोइरालाले आफु आवद्ध संस्थाहरुमा कटिबद्ध भएर जिम्मेवारी पुरा गर्ने बताउँदै संस्थाको छवि उच्च राख्दै जनतालाई सुसूचित गर्न कार्यमा बिचलित नहुने बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार