म गठबन्धनको पक्षमा छैन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने भएकाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका हुन् ।
‘म गठबन्धनको पक्षमा छैन । गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिन्न‚’ उनले भने । देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्नका लागि आग्रह गर्दा भविष्यमा उनीहरूले रुखमा भोट हाल्ने ग्यारेन्टी नभएको भन्दै गठबन्धन नगर्न आग्रह गरेका हुन् ।

‘अहिले हसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ? उनले प्रश्न गरे ।

उनले हिजो संविधान र लोकतन्त्रका लागि हतियार उठाएका कम्युनिस्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याइएको भन्दै अहिले उनीहरूलाई मिल्न नदिँदैमा संविधान र लोकतन्त्र जोगिन्छ भन्ने नभएको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा भने स्थानीय तहको निर्वाचनदेखि नै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेर जाने बताइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार