तेह्र वुदे माग राख्दै कर्मचारी युनीयन भोजपुरले बुझायो सिडियोलाई ज्ञापन पत्र

भोजपुर । नेपाल निजामती कर्मचारी युनीयन भोजपुरले आज विभिन्न तेह्र वुदे माग राखी जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न सेवा समूह, श्रेणी÷तह, भर्ना छनौट तथा पदस्थापना, सरुवा सम्बन्धमा, बढुवा सम्बन्धमा, सेवा सुविद्या, तालीम, आचारण दण्ड, सजाय र पुरस्कार सम्बन्धमा, ट्रेड युनियन सम्बन्धमा, कर्मचारी सुरक्षा, निजामती सेवाको सुद्यार, अवकास र सेवाको प्रभावकारीता सहित तेह्रवुदे माग ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी बासु कोइराला मार्फत नेपाल सरकारलाई बुझाएको नेपाल निजामती कर्मचारी युनीयन भोजपुरका अध्यक्ष सिताराम ओझाले जनाए । साथै सरकारी सेवामा कार्यरत कर्मचारीहरुको हक हितका लागी सरकारले यस विषयमा गम्भीर भएर लागी पर्न आवश्यक रहेको समेत सभापती ओझाले उल्लेख गरे ।
त्यस्तै ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी बासु कोइरालाले आफुले पाएको पत्र सम्बन्धित निकायमा तत्काल पठाउने जनाए । साथै प्रजिअ कोइरालाले सरकारी जुनसुकै निकायमा काम गर्ने कर्मचारीहरुको मनोवल उच्च राख्न विज्ञपतीमा उल्लेख भएका विषयहरुले टेवा पुग्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार