चुनावी तालमेल : कांग्रेसकै मोडेलमा अघि बढ्यो सत्ता गठबन्धन

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले आसन्न स्थानीय तहको चुनावमा एकढिक्का भएर प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने लामो छलफलपछि सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले देशभर आवश्यकताको आधारमा चुनावी तालमेल गरेर प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेका हुन् । गठबन्धनमा रहेका दलहरूले यही निर्वाचनमा गठबन्धनभन्दा बाहिर रहेका दलसँग कुनै गठबन्धन नगर्ने समझदारी समेत गरेका छन् ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सम्मुखमा बिहीबार बसेको गठबन्धनको बैठकले कुन स्थानीय तहमा पाँच दलीय गठबन्धनको कस्तो अवस्था हुन्छ भन्नेबारे अध्ययन गर्न संयन्त्र निर्माण गरेको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित गठबन्धन दलका शीर्ष नेताहरू सहभागी थिए । नेताहरूले केन्द्रमा जस्तै सात प्रदेश, ७७ जिल्ला र ७५३ वटै स्थानीय तहमा पाँच दलका सम्बन्धित तहको कार्यसमितिका प्रमुखहरू सम्मिलित संयन्त्र गठन गरेका हुन् ।

गठबन्धनले ती संयन्त्रमार्फत सम्बन्धित तहमा गठबन्धनको आवश्यकता, गठबन्धन हुँदा र नहुँदाको सम्भावित अवस्था, अघिल्लो निर्वाचनको मतभारसहित तथ्य र त्यसको विश्लेषण गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले स्थानीय तहको अवस्था र आवश्यकताअनुसार चुनावी तालमेल गर्ने कांग्रेसको निर्णयकै आधारमा गठबन्धन अघि बढेको बताए ।

‘हाम्रो केन्द्रीय समितिले केन्द्रबाट चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय नलिने प्रस्ट गरेको छस त्यस्तो चुनावी तालमेल आवश्यक भएरनभएको सम्बन्धित स्थानीय तहले अनुभूति गर्ने विषय होस त्यहाँको मतदाताको चाहना, तथ्य र तथ्यांकले निर्धारण गर्ने विषय हो,’ थापाले ईकान्तिपुरसँग भने, ‘अब गठबन्धनले त्यही कुराका लागि स्थानीय तहसम्मै संयन्त्र निर्माण गरेको छस त्यो संयन्त्रमार्फत् नै कुन ठाउँमा कस्तो अवस्था छ भन्ने रिपोर्ट आउँछस त्यसैको आधारमा हामी अघि बढ्छौँ ।’

गठबन्धन बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस केन्द्रीय समितिको निर्णय र गबठन्धनको मोडेलबारे ब्रिफ्रिङ गरेका थिए । त्यसपछि सबै नेताहरूले आ(आफ्नो धारणा राखेका थिए । चुनावमा कसरी तालमेल गर्ने भन्ने विषयमै अधिक समय खर्च भएको थियो । नेताहरूले करिब दुई घण्टासम्म छलफल गरेका थिए । बिहीबारको छलफलपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन एक ठाउँमा खडा हुने निष्कर्षमा पुगेको बताए ।

‘अहिले हामीले पाँच दलीय गठबन्धनको कहाँ कस्तो अवस्था छ भनेर जान्नका लागि संयन्त्र बनाएका छौँस त्यसले प्रतिवेदन बुझाएपछि यथार्थ कुरा थाहा हुन्छ,’ उनले भने, ‘त्यसपछि बाँकी निर्णयहरू गर्दै जानेछौँ । तर अहिले यति बुझ्नुस् कि पाँच दलीय गठबन्धन राष्ट्रिय सभा सदस्यको निर्वाचनमै जस्तै स्थानीय चुनावमा पनि एकढिक्का भएर खडा हुन्छ ।’ नेताहरूका अनुसार महानगरपालिकाको हकमा भने केन्द्रबाटै गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयको टुङ्गो लगाइनेछ ।

गत स्थानीय चुनावमा पनि कांग्रेस र माओवादी केन्द्र विभिन्न स्थानीय तहमा गठबन्धन गरेका थिए । तर आवश्यकताअनुसार दुवै दलले अन्य दलहरूसँग समेत गठबन्धन गरेका थिए । यसपटक भने त्यस्तो गर्न नपाइने प्रारम्भिक समझदारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले स्थानीय चुनावमा सत्ता गठबन्धनमा आबद्ध दलहरूबीचमा मात्रै चुनावी तालमेल गर्ने समझदारी भएको बताए ।

बैठकमा कतिपय ठाउँमा कांग्रेसविरुद्ध माओवादी केन्द्रले नेकपा एमालेलगायत अन्य दलसँग र कतिपय ठाउँमा माओवादी केन्द्रविरुद्ध कांग्रेसले एमालेलगायत अन्य दलसँग गठबन्धन गर्नेबारे छलफल भइरहेको विषयमा समेत छलफल भएको थियो । ‘गठबन्धन कसरी गर्ने भनेरै धेरैबेर छलफल भयोस विभिन्न विकल्पहरू पनि उठे,’ कांग्रेस महामन्त्री थापाले भने, ‘तर तत्काललाई गठबन्धनमा रहेको दलभन्दा बाहेक अरु दलसँग चुनावी तालमेलको बाटो बन्द भएको छ ।’

एकीकृत समाजवादीका नेता झलनाथ खनालले स्थानीय चुनावमा एकताबद्ध भएर जाने समझदारी जुटेको बताए । ‘स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने समझदारी बनेको छ,’ उनले भने, ‘महानगरपालिकाको विषयमा केन्द्रबाटै निर्णय लिने र अन्य स्थानीय तहको हकमा तल्ला तहलाई नै निर्णय गर्न दिने सहमति समेत भएको छ ।’
गठबन्धनको बिहीबार बसेको बैठकपछि अब केन्द्रबाटै गठबन्धन लाद्ने सम्भावना टरेको नेताहरूले बताएका छन् । ‘अब केन्द्रले थोपरेर गठबन्धन हुँदैनस स्थानीय तहमै त्यहाँका नेताहरूले बसेर छलफल गर्छन्स अवस्था र आवश्यकताको पहिचान गर्छन्,’ कांग्रेसका एक नेताले भने, ‘विगतमा जस्तो खालको अभ्यास भएको थियो र अहिले पनि त्यस्तै हुन्छ कि भन्ने जुन डर थियोस त्यो हटेको छ । अब दुई(चार जना नेताहरू बसेर त्यो तिमीलाई, यो मलाई भनेर भागबन्डा गर्ने र त्यहीअनुसार कार्यकर्ता परिचालित हुनुपर्ने अवस्था रहेन ।’

ती नेताले स्थानीय संयन्त्रहरूले नै दलहरूको मतभार र हालको अवस्था पहिचान गरी गठबन्धनको मोडेल तयार गर्नेछन् । ‘चुनावमा तालमेल गर्नुपर्ने स्थानीय आवश्यकता छ कि छैन भन्ने कुरा प्रदेश, जिल्ला र स्थानीय तहमा गठित संयन्त्रहरूमा छलफल हुन्छस त्यहाँ कांग्रेस, माओवादी र समाजवादी सबै नेता हुन्छन्स उनीहरूले नै अवस्था, आवश्यकता र सम्भावनाको विश्लेषण गरेर केन्द्रमा प्रतिवेदन बुझाउँछन्,’ ती नेताले ईकान्तिपुरसँग भने, ‘त्यसले माथिबाट गरेको भागबन्डाभन्दा फरक ढंगले तालमेल हुने र भावनात्मक एकताको वातावरण बनाउन मद्दत पुग्छ ।’

गठबन्धनको नेतृत्वमा रहेको दल कांग्रेसभित्र सत्ता गठबन्धनलाई चुनावी गठबन्धनकोरुपमा परिणत गर्ने वा नगर्ने भन्ने विषयमा तीव्र विवाद थियो भने माओवादी केन्द्रसहित दलहरू पहिल्यैदेखि चुनावी गठबन्धनको माग गर्दै आएका थिए । स्रोतका अनुसार शीर्ष नेताहरूबीच यो गठबन्धनलाई आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनसम्मै लैजाने समझदारी छ ।

कांग्रेस नेता शेखर कोइराला पक्ष चुनावी गठबन्धन गर्नु नहुने पक्षमा थियो । तर प्रधानमन्त्री देउवाले गठबन्धन नगरे कम्युनिस्ट दलहरू पुनः एक ढिक्का हुने भन्दै पार्टीले चुनावी नतिजा हात पार्न सत्ता गठबन्धनलाई चुनावी गठबन्धनको रुपमा अघि बढाउनुपर्ने तर्क अघि सारेपछि कम्युनिस्ट एक हुने डरले कांग्रेसले केन्द्रबाट नभई स्थानीय तहको अवस्था र आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो ।

बिहीबारको गठबन्धनको बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, नेता बाबुराम भट्टराई र संघीयमामिला मन्त्री राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरू सहभागी थिए । कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार