भोजपुरमा चैत २५ बाट १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाईदै

भोजपुर । भोजपुरमा चैत २५ गतेबाट बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाईने भएको छ । १५ वर्ष मुनीका बालबालिकाहरु टाइफाइडबाट बढि जोखिम भएकाले खोप लगाउँन लागिएको हो ।

भोजपुरमा १५ महिना देखि १५ वर्ष मुनीका ४५ हजार बालबालिकालाई खोप लगाईने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताए ।

शनीवार पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा तिवारीले खोप लगाउन तीन सय ८१ खोप केन्द्रबाट खोप लगाईने जानकारी दिए । उक्त खोपका लागि पाँच सय ३५ जना खोप दिने स्वास्थ्यकर्मी र नौ सय ९६ जना स्वयंमसेवीकाहरुलाई आवश्यक तालिम प्रदान गरिसकेको छ ।

टाइफाइडबाट ज्यानै जान सक्ने भएकाले सवै अविभावकहरुले आफ्ना बालबालिकालाई खोप केन्द्रमा लगि नछुटाई खोप लगाउँन जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले आग्रह गरेका छन् ।

टाइफाइड पक्षिणमा विश्व स्वास्थ्य संगठनले प्रति लाख एक सय भन्दा बढि तथ्याङ्क आए सो अवस्थालाई संक्रमणको उच्च दरमा बर्गीकरण समेत गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार