एशियनको १४ औँ वार्षिक जन्मोत्सवको अवसरमा सुस्त मनस्थितीका विद्यार्थीलाई खाद्यन्न विरण

भोजपुर । एशियन लाईफ इन्स्योरेन्स शाखा कार्यालय भोजपुरले १४ औ वार्षिक जन्मोत्सवको अवसरमा खाद्य सामग्री हस्तानतरण गरेको । यसोधारा माध्यमीक विद्याल टक्सारमा रहेको विषेश शिक्षा कार्यक्रम अन्तरगत सुस्त मनस्थिती स्रोत कक्षा टक्सारलाई १० हजार बराबरको खाद्य सामग्री हस्तानतरण गरिएको हो ।

जन्मोत्सव मनाउदै गर्दा कम्पनीको सामाजिक उत्तरदायित्व अनुसार सामग्री वितरण गरिएको एशियन लाईफ इन्स्योरेन्स शाखा कार्यालय भोजपुरका शाखा प्रबन्धक राजन राईले जानकारी दिए ।

उक्त विषेश शिक्षा कार्यक्रम अन्तरगत सुस्त मनस्थिती स्रोत कक्षालाई सरकारले प्रदान गरेको सिमीत बजेटले धान्न समस्या भएको हुँदा दाताहरुले गरेको सहयोगले विद्याथीहरुलाई व्यावस्थापन गर्न अलि सहज भएको शिक्षक दिपेन्द्र कुमार श्रेष्ठले बताए ।

एशियन लाईफ इन्स्योरेन्स शाखा कार्यालय भोजपुरले आफ्नो जन्मोत्सवको उपलक्षमा यसोधारा माध्यमीक विद्याल टक्सारमा रहेको विषेश शिक्षा कार्यक्रम अन्तरगत सुस्त मनस्थिती स्रोत कक्षालाई छनोट गरी खाद्य सामग्री वितरण गरेकोमा शाखा कार्यालय भोजपुरलाई यसोधारा माध्यमीक विद्याल टक्सारका प्रध्यानध्यापक धुव्रराज रेग्मीले धन्यबाद दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार