प्रतिगमनलाई परास्त गर्न गठबन्धन स् प्रचण्ड

महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन र प्रतिक्रियावादीहरुलाई परास्त गर्न गठबन्धनको जरुरत भएको वताएका छन् ।आज महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा पुगेर उनले यस्तो वताएका हुन ।माओवादी केन्द्र सविधान र संघियताको रक्षाको लागी निरन्तर लागीपरेको वताउदै अध्यक्ष प्रचण्डले भने ञ केपी गुठले सुरु गरेको प्रतिगमनलाइ त अन्त्य गर्‍यौ तर प्रतिगमनको खतरा अझै बाँकी छ ।

अध्यक्ष प्रचण्डले केपी गुट नै प्रतिगमनको पक्षमा रहेको बताए । नेकपा एमालेले महत्त्वपूर्ण विषयहरुलाई समेत बेवास्ता गर्दै निरन्तर संसद अवरुद्धमा लागेको वताउदै कतिपय मधेशका मुद्दाहरु समेत ओझेलमा पर्नु मुख्य कारक एमाले नै भएको उन्को जिकिर छ । मधेश प्रदेशमा मुख्य समस्याको रुपमा रहेको नागरिकताको मुद्दालाई समेत माओवादी केन्द्रले बोकीरहेको अध्यक्ष प्रचण्डको दावी छ । अध्यादेशमार्फत नागरिकताको मुद्दा टुंग्याउन प्रधानमन्त्री सेर वहादुरसग पटक(पटक छलफल भएको बताउदै सकेसम्म चाडै टुंग्याउनेतर्फ उन्मुख भैइरहेको उन्ले वताए ।

अहिले देशमा माओवादीको नितिअनुरुप संघियता कार्यान्वयन भैइरहेको बताउँदै उनले भने ञ जस्को नीति त्यस्को नेतृत्व नहुँदा तपाइहरुलाई अचम्म लागेको होला तर हामी संविधान रक्षाको लागि जस्तोसुकै त्याग गर्न पनि तयार छौ ।झ प्रतिगमन र प्रतिक्रियावादीहरुलाइ परास्त गर्न माओवादीले थुप्रै प्रधानमन्त्री बनाउन सक्ने अध्यक्ष प्रचण्डको भनाइ छ । प्रतिगमनकारीहरु अझै माओवादीलाइ सिध्याउन लागीपरेको वताउदै उनले भने ञ जनयुद्धको बेला पनि कसैले बयलगाडा चढेर अमेरिका जानू र गणतन्त्र स्थपना हुनु उस्तै भएको बताउथे ।

१० बर्षसम्म जनयुद्धले गरेको प्राप्तीहरुलाइ समाप्त पार्न कतिपय थुप्रै पटक लागीपरेतापनी त्यो परिकल्पना पुरा हुन नसक्ने अध्यक्ष प्रचण्डको जिकिर छ । केपी शर्मा ओलीप्रती संकेत गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनको मलजलमा लागीपरेकाहरुलाई बालुवाटारवाट बालकोट पुर्‍याएको वताए । घर(घरमा सिंहदरवारको परिकल्पनाअनुसार नै गाउँ (गाउँमा स्थानिय सरकार भएको वताउदै जस्को निति त्यसैलाई नेतृत्व प्रदान गर्नपनी अध्यक्ष प्रचण्डले जनसमुदायलाई अपिल गरे ।

माओवादी सधैभरी दुस्ख, सुस्खको साथी भएको वताउदै उन्ले माओवादीहरुले नेतृत्व गरेको देशैभरीका पालिका उत्कृष्ट रहेको दावी गरे । सवैधानिक अंगहरुले गरेको एक मुल्यांकन अनुसार उत्कृष्ट ५ मध्य ३ पालिका माओवादीको नेतृत्वमा रहेका पालिका भएको उन्को भनाइ छ । कतिपय गठबन्धन भत्काउन लागीपरेपनी त्यो प्रयास असफल भएको अध्यक्ष प्रचण्डले खुलासा गरे ।ञ कतिपय गठबन्धन भत्काउन लागीपरेका थिए तर हामीले सफल हुन दिएनौंझ उन्ले भने ।

अध्यक्ष प्रचण्डले आज महोत्तरीको बर्दिबास स्थित खयरमारामा सहिदपार्कको शिलान्यास र निर्मल लामा बहुप्रावधिक सिक्षालयको ४१ कोठा भएको भवनको उदघाटन र गौशाला नगरपालिकामा मालपोत कार्यालय, नापी कार्यालय र नगरपालिकाको प्रशासकिय भवनको उदघाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार