भोजपुरमा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं. २ मा खाल्डोका जमेको पानीमा डुवेर एक बालकको मुत्यू भएको छ ।

आज दिउँसो साढे ११ बजे मामली घर पौवादुङमा आई बसेका मोरङको केराबारी गाउँपालिका ७ का गणेश मगरका २ बर्षीय छोरा आशिर मगर खेल्ने क्रममा लडि खाल्डोमा जमेको पानीमा डुबेका थिए ।

अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागि स्थानिय स्वास्थ्य चौकी पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका हुन । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरिक्ष राजकुमार राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार